काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना (साउन) मा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले १९ अर्ब ६० करोड रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा ८ लाख ३२ हजार ७ सय ५९ वटा बीमा पोलिसी विक्री गरी १९ अर्ब ६० करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।
सबै जीवन बीमा कम्पनीहरुले कुल बीमा शुल्कमध्ये १७ अर्ब ३० करोड रुपैयाँ नविकरण बीमा शुल्क र २ अर्ब २९ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ५ अर्ब २२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । दोस्रोमा राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले३ अर्ब ३४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, हिमालयन लाइफ इस्योरेन्सले १ अर्ब ९३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एलआइसी नेपालले १ अर्ब ९२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफ इनस्योरेन्स कम्पनीले १ अर्ब ८० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफले १ अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेको छ ।
यस अवधिमा एशियन लाइफ इन्स्योरेन्सले ८१ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सानिमा रिलायन्स लाइफले ६६ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
यसैगरि, सिटिजन लाइफले ५७ करोड ९४लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ५४ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । आइएमई लाइफले ५२ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, मेट लाइफले ४९ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले ३८ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले ३५ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।




