images
images

साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यापार ३ अर्ब ९८ करोड रुपैयाँ


  • 503
    SHARES
  • २०८० भाद्र १२ गते मंगलबार

    साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यापार ३ अर्ब ९८ करोड रुपैयाँ

    काठमाडों । आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ९८ करोड कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार २ लाख १३ हजार ८२८ वटा बीमालेख विक्री गरी ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

    साउन महिनामा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ५५ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । दोस्रोमा सिद्धार्थ प्रिमियरले ४२ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३४ करोड ३७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । 

    त्यस्तै, शिखर इन्स्योरेन्सले ३३ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३० करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । 

    राष्ट्रिय बीमा कम्पनीले २९ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने यूनाइटेड अजोड इन्स्योरेन्सले २६ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्रभु इन्स्योरेन्सले २५ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने नेको इन्स्योरेन्सले २४ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । 

     त्यस्तै, एनएलजी इन्स्योरेन्सले २४ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न भएको छ । त्यसैगरी, ओरिएण्टल इन्स्योरेन्सले २० करोड ७२ लाख, नेशनल इन्स्योरेन्सले १९ करोड ६० लाख सानिमा जिआसीले १७ करोड ८८ लाख, नेपाल इन्स्योरेन्सले १४ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्ने सफल भएका छन् । 

     


    images
    images

    Logo