काठमाडौं । समता लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने भएको छ । आज समता लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले गाभ्ने सम्वन्धमा प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं ७ मा रजिष्टर्ड कार्यालय रहेको समता घरेलु लघुवित्तले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं ५ मा रजिष्टर्ड कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई गाभ्न लागेको हो।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली एवं धितोपत्र सम्बन्धी तथा अन्य प्रचलित कानुन र नेपाल राष्ट्र बैंकको नीति निर्देशन अनुसार प्राप्ति सम्बन्धी प्रकृया अघि बढेको हो ।




