काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्तको संयोजक र सदस्य पदका लागि २ जनाको नाम छनौट गरेको छ । राष्ट्र बैंकले बुधवार सूचना जारी गर्दै संयोजक र सदस्यको नाम सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले संयोजक पदका लागि निर्मल कुमार कार्कीलाई छनौट गरेको छ भने सदस्यमा शेष नारायण पोख्रेल रहेका छन् । बैंकले उनीहरुलाई सो पदमा नियुक्तीका लागि भदौ १५ गतेभित्र सम्पर्क गर्न अनुरोध गरेको छ । साथै सो समयभित्र नआएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिने पनि सूचनामा उल्लेख छ ।
संयोजक र सदस्य पदका लागि १४ जनाको नाम सर्टलिष्टमा परेको थियो जसबाट अन्तवार्तामार्फत १/१ जनाको नाम छनौट गरिएको राष्ट्र बैंकले जनाएको छ ।