images
images

आजदेखि एकीकृत कारोबार सुरु गर्दै २ क्यापिटल


  • 421
    SHARES
  • २०८० भाद्र ४ गते सोमबार

    आजदेखि एकीकृत कारोबार सुरु गर्दै २ क्यापिटल

    काठमाडौं । आजदेखि २ क्यापिटलले एकीकृत कारोबार सुरु गर्ने भएका छन् । सोमबार ग्लोबल आइएमई क्यापिटल र बि.ओ.के. क्यापिटल मार्केटले एक आपसम मर्ज गरि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । 

    दुवै कम्पनी मर्ज भई ग्लोबल आइएमई क्यापिटलका नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । यी दुवै कम्पनीको गत असार ३ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरिसकेको छ ।

    ग्लोलब आइएमई क्यापिटलले बि.ओ.के. क्यापिटललाई १००ः५३.१७ अनुपातमा प्राप्ति गरेको हो । अर्थात् ग्लोबल आइएमई क्यापिटलको ५३ कित्ता सेयर बराबर बि.ओ.के. क्यापिटलको १०० कित्ता हुनेछ ।

     


    images
    images

    Logo