images
images

गत आर्थिक बर्षमा ५५ खर्ब १८ अर्ब रुपैयाँको तरलता प्रवाह


  • 296
    SHARES
  • २०८० भाद्र १ गते शुक्रबार

    गत आर्थिक बर्षमा ५५ खर्ब १८ अर्ब रुपैयाँको तरलता प्रवाह

    काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा वित्तीय बजारमा ५५ खर्ब रुपैयाँ भन्दा बढी तरलता प्रवाह गरेको जनाएको छ । 

    केन्द्रीय बैंकले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कमा आधारित मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणानुसार गत आवमा कूल ५५ खर्ब १८ अर्ब १९ करोड रुपैयाँ तरलता प्रवाह भएको छ । 
     
    राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षमा रिपोमार्फत ४ खर्ब १४ अर्ब ४७ करोड रुपैयाँ, सोझै खरिदमार्फत ८९ अर्ब ७० करोड रुपैयाँ, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २७ अर्ब ११ करोड रुपैयाँ र ओभरनाइट तरलता सुविधामार्फत २२ खर्ब ८६ अर्ब ९० करोड रुपैयाँ गरी कूल ५५ खर्ब १८ अर्ब १९ करोड रुपैयाँ (कारोबारमा आधारित)० तरलता प्रवाह भएको छ । अघिल्लो आवको सोही अवधिमा विभिन्न उपकरणमार्फत खुद ९६ खर्ब ४२ अर्ब ४१ करोड रुपैयाँ तरलता प्रवाह भएको थियो । 

    त्यस्तै बैंकले गत आर्थिक बर्षमा विभिन्न उपकरणको प्रयोग गरेर १ खर्ब ८ अर्ब २० करोड रुपैयाँ तरलता प्रशोधन गरेको छ । जसमा रिभर्स रिपोमार्फत ८८ अर्ब २० करोड रुपैयाँ र निक्षेप सङ्कलन बोलकबोलमार्फत २० अर्ब रुपैयाँ गरी कूल १ खर्ब ८ अर्ब २० करोड रुपैयाँ तरलता प्रशोचन गरिएको उल्लेख छ । 

    समीक्षा वर्षमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ५ अर्ब ४५ करोड खुद खरिद गरी  ७ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ९१ करोड खुद खरिद गरी ३ खर्ब ५५ अर्ब ५७ करोड रुपैयाँ तरलता प्रवाह गरिएको बैंकले जनाएको छ । 

    त्यस्तै केन्द्रीय बैंकले समीक्षा वर्षमा अमेरिकी डलर ४ अर्ब ५६ करोड बिक्री गरी ५ खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ । अघिल्लो वर्ष अमेरिकी डलर ४ अर्ब ९२ करोड बिक्री गरी  ५ खर्ब ९५ अर्ब २३ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरेको थियो ।


    images
    images

    Logo