काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ५ वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ । बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
लाईसेन्स पाउनेमा सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज, र सनी सेक्युरिटिज रहेका छन् ।
बोर्डबाट लाईसेन्स पाएसंगै उक्त कम्पनीहरुले नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट कारोबार सदस्यता र सिडीएससीबाट राफसाफ सदस्यता लिएसंगै नियमित शेयर कारोबार गर्न सक्ने छन् ।