images
images

६ बीमा कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न दिने प्राधिकरणको तयारी


  • 616
    SHARES
  • २०८० श्रावण ३२ गते बिहीबार

    ६ बीमा कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न दिने प्राधिकरणको तयारी

    काठमाडौं । बीमा प्राधिकरणले ६ वटा कम्पनीहरुलाई हकप्रद निष्काशन गर्न दिने तयारी गरेको छ । मर्जर प्रक्रिया पुरा गरेर पनि चुक्ता पुँजी पुर्याउन नसकेका त्यस्ता कम्पनीहरुलाई प्राधिकरणले हकप्रद निष्काशनको बाटो खोलेको हो । 

    प्राधिकरणले बीमा कम्पनीहरुलाई गत असार मसान्तभित्र न्यूनतम चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । उक्त निर्देशन अनुसार जीवन बीमा कम्पनीले न्यूनतम ५ अर्ब र निर्जीवन बीमा कम्पनीले न्यूनतम २ अर्ब ५० करोड पुँजी पुर्याउनुपर्ने थियो । तर हालसम्म जीवन तथा निर्जीवन कम्पनी गरि ४ वटाको मात्रै तोकिएको चुक्ता पुँजी पुरा भएको छ । 

    त्यसरी चुक्ता पुँजी पुरा गर्ने कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छन् । 

    मर्जरमा गएर पनि चुक्ता पुँजी पुग्न बाँकी कम्पनीमा यूनाइटेड अजोड, महालक्ष्मी प्रभु, सानिमा जीआईसी, सानिमा रिलायन्स, सूर्य ज्योति र एभरेष्ट हिमालयन इन्स्योरेन्सका लागि हकप्रद शेयर निष्काशन गर्ने बाटो खुला गर्न लागेको हो । अन्य कम्पनीहरुको हकमा प्राधिकरणले केही निर्णय गरेको छैन । यद्यपि सुरुमै तोकिएको समयभित्र पुँजी नपुर्याए फोर्स मर्जरमा लैजाने प्राधिकरणले जनाएको थियो । 


    images
    images

    Logo