images
images

भदौका लागि वाणिज्य बैंकहरुले गरे ब्याजदर सार्वजनिक, क-कस्ले घटाए, कसले बढाए ?


  • 647
    SHARES
  • २०८० श्रावण ३२ गते बिहीबार

    भदौका लागि वाणिज्य बैंकहरुले गरे ब्याजदर सार्वजनिक, क-कस्ले  घटाए, कसले बढाए ?

    काठमाडौं । भदौ १ गतेदेखि लागू हुनेगरी बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसमध्ये कुनै बैंकले ब्याजदर घटाएका छन् भने कुनैले बढाएका छन् र कतिपय बैंकहरुको ब्याजदर भने स्थिर रहेको छ ।


    एनएमबि, प्राइम कमर्सियल, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया लगायतका बैंकहरुले साउन महिनाको तुलनामा ब्याजदर घटाएका छन्। यी बैंकहरुले भदौका लागि मुद्दति निक्षेपमा ९.९९ देखि १०.५ सम्म ब्याजदर प्रतिशत दिने भएका छन् भने संस्थागत तर्फ ६.९२ प्रतिशत देखि ८.५ प्रतिशतसम्म प्रदान गर्ने भएका छन् । 

    त्यस्तै, भदौका लागि कुमारी, ग्लोबल आइएमई, कृषि विकास बैंक, नेपाल बैंक, एनआईसी एशिया लगायतका बैंकहरुले भने साउन महिनाको तुलनामा ब्याजदर बढाएका छन् । 

    भदौ महिनाका लागि यी बैंकले सबैभन्दा धेरै ब्याज दिने भएका छन् । यी बैंकले मुद्दति निक्षेपमा अधिकतममा  १०.८९६ प्रतिशत दिने भएका छन् भने संस्थागत तर्फ अधिकतममा ८.८९६ प्रतिशत ब्याज दिने भएका छन् ।

    त्यसैगरी नबिल बैंक नेपाल एसबिआई हिमालयन बैंक लगायतले भने साउन महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।  उक्त बैंकहरुले भदौका लागि ब्याजदर स्थिर राखेका छन् । 

    भदौ महिनाका लागि सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । सो बैंकले साधारण बचत खातामा न्यूनतम ४.९७ प्रतिशतदेखि अधिकतम ६.५७ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । त्यस्तै, मुद्दति निक्षेपमा संस्थागततर्फ अधिकतम ६.९२ प्रतिशतसम्म ब्याजदर तोकेको छ भने ब्यक्तिगततर्फ  ८.९२ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स बचत खातामा ९.९२ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

     

     


    images
    images

    Logo