images
images

नेपाल टेलिकमको नाफा ७ अर्ब ८० करोड, अन्य सूचक कस्तो छ ?


  • 343
    SHARES
  • २०८० श्रावण ३१ गते बुधबार

    नेपाल टेलिकमको नाफा ७ अर्ब ८० करोड, अन्य सूचक कस्तो छ ?

    काठमाडौं । नेपाल टेलिकमले ७ अर्ब ८० करोड नाफा कमाएको छ । टेलिकमले प्रकाशित गरेको चौथो त्रैमासको वित्तीय विवरण अनुसार सो रकम बराबरको नाफा कमाएको हो । यो गतवर्षको तुलनामा ७.८६ प्रतिशत  कम हो । गत वर्ष यस्तो रकम ८ अर्ब ४७ करोड रहेको थियो । 

    त्यस्तै, सो अवधिमा कम्पनीको बिक्री वितरण आम्दानी ३६ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यो गतवर्षको तुलनामा २.९४ प्रतिशत कम हो ।  त्यस्तै कम्पनीको अन्य आम्दानी पनि ४५.३४ प्रतिशत घटेर २९ करोड ९२ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यस्तो रकम ५४ करोड ७४ लाख रुपैयाँ रहेको थियो । 

    सो समयमा कम्पनीको जगेडा कोषमा ७५ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ३६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ५ सय २१ रुपैयाँ २७ पैसा रहेको छ । 


    images
    images

    Logo