images
images

प्राइम बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा कति ?


  • 795
    SHARES
  • २०८० श्रावण २१ गते आइतबार

    प्राइम बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा कति ?

    काठमाडौं । प्राइम बैंकको नाफा १८ प्रतिशतले घटेको छ ।  बै‌कले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको विवरण अनुसार बैंकले असार मसान्तसम्ममा २ अर्ब ६३ करोड रुपैयाँ बराबरको नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.८० प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको थियो।

    बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने २० करोड ४८ लाख रुपैयाँ रहेको छ । बैंकको खुद व्याज आम्दानी ७ अर्ब २९ करोड रुपैयाँ रहेको छ भने गत बर्षको सोही अवधिमा ६ अर्ब १८ करोड रुपैयाँ रहेको थियो । 

    बैंकले १ खर्ब ७४ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ५४ अर्ब कर्जा विस्तार गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ६० अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४७ अर्ब कर्जा विस्तार गरेको थियो । 

    कम्पनीको प्रति सेयर आम्दानी ११ रुपैयाँ ६६ पैसामा रहेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.६२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४६ रुपैयाँ ७५ पैसा रहेको छ। 


    images
    images

    Logo