images
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो ४ अर्ब २९ करोड नाफा, वितरणयोग्य नाफा कति ?


  • 826
    SHARES
  • २०८० श्रावण २१ गते आइतबार

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो ४ अर्ब २९ करोड नाफा, वितरणयोग्य नाफा कति ?

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब २९ करोेड रुपैयाँ नाफा कमाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार असारमसान्तसम्ममा बैंकले सो रकम बराबरको नाफा कमाउन सफल भएको हो । यो गत वर्षको तुलनामा १३.१९  प्रतिशत बढी हो। गत वर्ष यस्तो रकम  ३ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । 

    बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने २ अर्ब ६० करोड रहेको छ । 

    असार मसान्तसम्ममा ३ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको जगेडा कोषमा २३ अर्ब ८९ करोड रुपैयाँ छ । त्यस्तै सो समयमा बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १ सय ७० रुपैयाँ ४८ पैसा रहेको छ । बैंकको निष्कृय कर्जा भने ४।३५ प्रतिशत पुगेको छ ।

     


    images
    images

    Logo