काठमाडौं । कुमारी बैंकको नाफा २४ प्रतिशतले घटेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको विवरण अनुसार बैंकले असार मसान्तसम्ममा १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.११ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५७ करोड ९८ लाख नाफा कमाएको थियो।
बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने ८४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। बैंकको खुद व्याज आम्दानी ११ अर्ब १ करोड रुपैयाँ रहेको छ भने गत बर्षको सोही अवधिमा ६ अर्ब २१ करोड रुपैयाँ रहेको थियो ।
बैंकले ३ खर्ब १६ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ७० अर्ब कर्जा विस्तार गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ७६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ५२ अर्ब कर्जा विस्तार गरेको थियो ।
त्यसैगरी सञ्चालन मुनाफा ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने गत बर्षको सोही अवधिमा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ६१ करोड ३३ लाख रुपैयाँ सञ्चित रहेको छ।
कम्पनीको प्रति सेयर आम्दानी ७ रुपैयाँ ४६ पैसा रहेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.१२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४० रुपैयाँ ४७ पैसा रहेको छ।



