images
images

नबिल बैंकको नाफामा छलाङ, कति पुग्यो लाभांश क्षमता ?


  • 1.0K
    SHARES
  • २०८० श्रावण २१ गते आइतबार

    नबिल बैंकको नाफामा छलाङ, कति पुग्यो लाभांश क्षमता ?

    काठमाडौं । नबिल बैंकले नाफामा छलाङ मारेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार असारमसान्तसम्ममा बैंकको नाफा ७ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । गत वर्ष यस्तो नाफा ४ अर्ब २५ करोड रुपैयाँ रहेको थियो । गतवर्षको तुलनामा यो ७६.८६ प्रतिशत बढी हो ।

    सो समयसम्ममा बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । लाभांश क्षमता १४.६४ प्रतिशत रहेको छ । सो समयमा बैंकको कुल सञ्चालन आम्दानी २१ अर्ब ६७ करोड रहेको छ भने कुल सञ्चालन नाफा ११ अर्ब १ करोड रहेको छ । त्यस्तै सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशत बढेर १७ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । 

    त्यस्तै, सो समयमा बैंकको जगेडा कोषमा ३१ अर्ब ३ करोड रहेको छ । बैंकको निक्षेप ३ खर्ब ९६ अर्ब र कर्जा लगानी ३ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ । बैंकको निष्कृय कर्जा ३.२ प्रतिशत रहेको छ ।  असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी १२७ रुपैयाँ ८२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय १४ रुपैयाँ ६९पैसा रहेको छ । 

     


    images
    images

    Logo