images
images

एनएमबि बैंकले कमायो ३ अर्ब ४१ करोड नाफा, अन्य सुचक कस्तो छ ?


  • 398
    SHARES
  • २०८० श्रावण २१ गते आइतबार

    एनएमबि बैंकले कमायो ३ अर्ब ४१ करोड नाफा, अन्य सुचक कस्तो छ ?

    काठमाडौं । एनएमबि बैंकले ३ अर्ब ४१ करोड नाफा कमाएको छ । बै‌कले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको विवरण अनुसार बैंकले असार मसान्तसम्ममा सो रकम बराबरको नाफा कमाउन सफल भएको हो । यो गत वर्षको तुलनामा ३.३६  प्रतिशत बढी हो। गत वर्ष यस्तो रकम  ३ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । 

    बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने १ अर्ब ५० करोड रुपैयाँ र लाभांश क्षमता ८.१८ प्रतिशत रहेको छ । सो समयमा बैंकको कुल सञ्चालन आम्दानी १० अर्ब ३३ करोड रहेको छ भने कुल सञ्चालन नाफा ४ अर्ब ९४ करोड रहेको छ । 

    त्यस्तै, सो समयमा बैंकको जगेडा कोषमा १० अर्ब २४ करोड रहेको छ । बैंकको निक्षेप २ खर्ब १० अर्ब र कर्जा लगानी १ खर्ब ८९ अर्ब रुपैयाँ रहेको छ । बैंकको निष्कृय कर्जा २.७२ प्रतिशत रहेको छ । सो समयमा बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ५५ रुपैयाँ ७९ पैसा रहेको छ । 


    images
    images

    Logo