images
images

४६ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको नाफा, लाभांश क्षमता कति ?


  • 1.5K
    SHARES
  • २०८० श्रावण २१ गते आइतबार

    ४६ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको नाफा, लाभांश क्षमता कति ?

    काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफामा ४६ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण्ण अनुसार असार मसान्तसम्ममा बैंकले ७ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ । यो गतवर्षको तुलनामा ४६.२६ प्रतिशत बढी हो । गत वर्ष बैंकको यस्तो नाफा ४ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो । 

    सो अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । जस अनुसार बैंकको लाभांश क्षमता ८.२७ प्रतिशत रहेको छ। सो समयमा बैंकको खुद ब्याज आम्दानी १७ अर्ब ११ करोड रुपैयाँ रहेको छ भने सञ्चालन नाफा १९ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । त्यस्तै खुद फि तथा कमिशन आम्दानी पनि बढेर २ अर्ब ६ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । 

    उक्त समयमा बैंकको जगेडा कोषमा २२ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । त्यस्तै,  बैंकले ४ खर्ब २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ३ खर्ब ५६ अर्ब रुपैयाँ गरेको छ । सो अवधिमा बैंकको निष्क्रिय कर्जा ३.८ प्रतिशत पुगेको छ । 

    त्यस्तै, असारमसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ २८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ६४ रुपैयाँ ५ पैसा रहेको छ ।

     

     


    images
    images

    Logo