images
images

नेपाल बैंकको नाफा १६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?


  • 425
    SHARES
  • २०८० श्रावण २० गते शनिबार

    नेपाल बैंकको नाफा १६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

    काठमाडौं ।  नेपाल बैंकको नाफा १६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले  ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.७० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो।

    गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रुपैयाँ रहेको छ।  यस अनुसार बैंकको प्रतिशेयर ६ रुपैयाँ ६२ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता ६.६२ प्रतिशत रहेको छ। सो समयमा कम्पनीको खुद ब्याज आम्दानी ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको रहेको छ । यो खुद व्याज आम्दानी गत बर्षको तुलनामा ४०.६१ प्रतिशतले बढी हो ।  गत बर्षको सोही अवधिमा यस्तो व्याज आम्दानी ६ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो । 

    १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २१ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ बरारको सञ्चित  रहेको छ। बैंकको निक्षेप २ खर्ब ४४ अर्ब र कर्जा लगानी १ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ । 

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ९२ पैसा बढेर २३ रुपैयाँ २२ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १०.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय ४८ रुपैयाँ ९४ पैसा रहेको छ। 

     

     


    images
    images

    Logo