काठमाडौं । नेपाल फाइनान्सको नाफा ४७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा फाइनान्सले २ करोड ५६ लाख रुपैयाँ कमाउन सफल भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.१३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ४ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो।
सो अवधिमा फाइनान्स ९ करोड १४ लाख रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । गत बर्ष सोही अवधिमा ७ करोड ७२ लाख रुपैयाँ बराबरको खुद व्याजआम्दानी गरेको थियो । समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १८.४२ प्रतिशत बढेको छ । ७२ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा २६ करोड ९४ लाख रुपैयाँ सञ्चित छ।
असार मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २१ करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी ३ रुपैयाँ १७ पैसा घटेर ३ रुपैयाँ ५३ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ९९.४३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ३७ रुपैयाँ ४ पैसा रहेको छ।



