images
images

सिद्धार्थ बैंकको नाफा बढ्यो, प्रतिशेयर आम्दानी भने घट्यो


  • 858
    SHARES
  • २०८० श्रावण १९ गते शुक्रबार

    सिद्धार्थ बैंकको नाफा बढ्यो, प्रतिशेयर आम्दानी भने घट्यो

    काठमाडौं । सिद्धार्थ बैंकको नाफा करिब ९.९१ प्रतिशत वृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सो बैंकले ३ अर्ब १९ करोड नाफा कमाउन सफल भएको छ । गत वर्ष यस्तो नाफा २ अर्ब ९० करोड रुपैयाँ रहेको थियो । 


    सो अवधिमा बैंकले ८ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्दै उक्त वृद्धि हासिल गरेको हो । अघिल्लो वर्ष यो आकार ६ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो ।  त्यस्तै खुद फि तथा कमिशन आम्दानी  १ अर्ब ३६ करोड कायम भएको छ । सो समयमा बैंकको बैंकको कुल सञ्चालन आम्दानी १० अर्ब ७ करोड रुपैयाँ रहेको छ भने सञ्चालन नाफा ४ अर्ब ६८ करोड रहेको छ । सो समयमा बैंकको वितरणयोग्य नाफा भने ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ। 


    त्यस्तै सोही अवधिमा बैंकको जगेडा कोषमा ११ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ रहेको छ । निक्षेप २ खर्ब २३ अर्ब र कर्जा लगानी १ खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ । असार मसान्तसम्मको विवरण अनुसार बैंकको नाफा बढेपनि प्रतिशेयर आम्दानी भने घटेको छ । सो समयमा बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६४ रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ८० रुपैयाँ ७३ पैसा रहेको छ।

    असार मसान्तसम्ममा बैंकको खराब कर्जा ०.९४ प्रतिशत बढेर २.०१ प्रतिशत पुगेको छ । यस्तै, बैंकको आधार दर ९.९१ प्रतिशत रहेको बैंकले जनाएको छ ।


    images
    images

    Logo