images
images

सानिमा बैंक : व्यवसाय विस्तारमा आक्रामक, गुणस्तरमा कमजोर


  • 2.3K
    SHARES
  • २०८० श्रावण १९ गते शुक्रबार

    सानिमा बैंक : व्यवसाय विस्तारमा आक्रामक, गुणस्तरमा कमजोर

    काठमाडौं । कुनै बेला सबैभन्दा कम निष्क्रिय कर्जा हुने बैंकको रुपमा चिनिन्थ्यो सानिमा बैंक । उक्त बैंकले आफूलाई सोही रुपमा प्रचार समेत गर्ने गरेको थियो । तर, बैंकको  लामो समयदेखिको यो पहिचान गुमेको छ । गत आवको असार मसान्तसम्मको वित्तीय विवरणमा अनुसार बैंकको निष्क्रिय कर्जा १।३० प्रतिशत पुगेको छ । सबैभन्दा कान्छो वाणिज्य बैंकको यो अवस्था अहिलेसम्मकै कमजोर हो । 

    वित्तीय विवरण अनुसार बैंकले मन्दीको समयका बाबजुद व्यवसाय विस्तारमा राम्रो प्रगति गरेको छ । बैंकिङ क्षेत्रको कर्जा विस्तार ५ प्रतिशत भन्दा कम रहेको वर्षमा सो बैंकले ६.६१ प्रतिशत विस्तार गरेर १ खर्ब ४५ अर्ब पुर्याएको छ । यति हुँदाहुँदै पनि उक्त बैंक १४ प्रतिशत भन्दा धेरै पुँजीकोष अनुपातसहित व्यवसाय विस्तारको सहज अवस्थामा छ । 

    यो वर्ष सानिमाले नाफामा करिब २६ प्रतिशत सुधार गरी २ अर्ब ६१ करोड पुर्याउँदा १७ प्रतिशतले हुन आउने २ अर्ब २० करोड वितरणयोग्य नाफा छ । 

    तर, अर्कोतर्फ बैंकको निष्क्रिय कर्जासँगै यसका लागि प्रोभिजन गरिएको रकम आवश्यकताभन्दा पनि कम छ । यसले गुणात्मक रुपमा बैंक कमजोर बनेको देखिन्छ ।


    images
    images

    Logo