images
images

कर्णाली डेभलपमेन्ट बैंकको नाफामा उल्लेख्य प्रगति, वितरणयोग्य नाफा करिब ५ करोड


  • 708
    SHARES
  • २०८० श्रावण १८ गते बिहीबार

    कर्णाली डेभलपमेन्ट बैंकको नाफामा उल्लेख्य प्रगति, वितरणयोग्य नाफा करिब ५ करोड

    काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले नाफामा उत्साहजनक प्रगति गरेको छ । आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको विवरण अनुसार असार मसान्तसम्ममा बैंकले आफ्नो खुद नाफा बढाएर ४ करोड ४३ लाख रुपैयाँ कमाउन सफल भएको छ ।  गत वर्ष ऋणत्मक रहेको नाफालाई यस वर्ष भने धनात्मक बनाउन बैंक सफल भएको हाे । 

    चौथो त्रैमाससम्ममा बैंकल खुद व्याज आम्दानी १६ करोड ४८ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको तुलनामा ८२.४५ प्रतिशत बढी हो । गतवर्ष यस्तो रकम ९ करोड ३ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, सो समयमा बैंकको सञ्चालन आम्दानी पनि बढेर १८ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आम्दानी १० करोड ८१ लाख रुपैयाँ रहेको थियो । सो समयमा बैंकको वितरण योग्य नाफा ४ करोड ९३ लाख रुपैयाँ रहेको छ।

    त्यसैगरी, बैंकको खुद फि तथा कमिशन आम्दानी ६.३३ प्रतिशत घटेर १ करोड ६६ लाख रुपैयाँमा झरेको छ । सो अवधिमा बैंकको जगेडा कोषमा १० करोड २७ लाख रुपैयाँ रहेको छ भने निक्षेप ४ अर्ब ६० करोड रुपैयाँ  र कर्जा ३ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । 

    उक्त बैंकको प्रतिशेयर अम्दानी गत वर्ष ऋणात्मक रहेतापनि यो वर्ष भने धनात्मक भएको छ । चौथो त्रैमासको विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी ८ रपैयाँ ८१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय २० रुपैयाँ ४३ पैसा रहेको छ।


    images
    images

    Logo