काठमाडौं । नेपाल राष्ट्र बैंकको सूचना अधिकारीको जिम्मेवारी डिल्लीराम पोखरेलले पाएका छन् । यसअघि नारायण प्रसाद पोखरेलले सम्हाल्दै आएको उक्त जिम्मेवारी डिल्लीरामलाई दिइएको हो ।
नेपाल राष्ट्र बैंकमा जनसम्पर्क महाशाखाका प्रमुखलाई सहप्रवक्ताको जिम्मेवारी दिने प्रचलन छ । यसअघिका सूचना अधिकारी पोखरेल अहिले आर्थिक अनुसन्धान विभागमा सरुवा भएका छन् । उनको ठाउँमा डिल्लीराम पोखरेललाई ल्याइएको छ । यससँगै डिल्लीरामले सूचना अधिकारीको जिम्मेवारी पाएका छन् ।