काठमाडौं । सिटिजन्स बैंकले २ अर्ब २१ करोड नाफा कमाएको छ । बैकले आर्थिक वर्ष २०७९र८० को चौथो त्रैमाससम्मको विवरण अनुसार बैंकले असार मसान्तसम्ममा सो रकम बराबरको नाफा कमाउन सफल भएको हो । यो गत वर्षको तुलनामा १०.४१ प्रतिशत बढी हो। गत वर्ष यस्तो रकम २ अर्ब ५६ लाख रुपैयाँ रहेको थियो ।
बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ रहेको छ । सो समयमा बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब ९३ करोड रहेको छ भने कुल सञ्चालन नाफा ३ अर्ब ७ करोड रहेको छ ।
त्यस्तै सो अवधिमा बैंकको जगेडा कोषमा ७ अर्ब ११ करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेप १ खर्ब ६८ अर्ब र कर्जा लगानी १ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ । सो समयमा बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ५९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ५० रुपैयाँ ८ पैसा रहेको छ।



