images
images

लघुवित्त सम्बन्धी गुनासो सुन्न राष्ट्र बैंकले स्थापना गर्यो छुट्टै डेस्क


  • 424
    SHARES
  • २०८० श्रावण ११ गते बिहीबार

    लघुवित्त सम्बन्धी गुनासो सुन्न राष्ट्र बैंकले स्थापना गर्यो छुट्टै डेस्क

    काठमाडौं । लघुवित्त सम्बन्धी गुनासो सुन्न नेपाल राष्ट्र बैंकले छुट्टै डेस्क स्थापना गरेको छ । बुधबार सूचना जारी गर्दै राष्ट्र बैंकले उक्त व्यवस्थाबारे जानकारी दिएको हो । 

    लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी व्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढङ्गमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेको लगायतको गुनासोको उक्त डेस्कले सम्बोधन गर्ने राष्ट्र बैंकले जनाएको छ । त्यसका लागि पैसा नलाग्ने टोल फ्री नम्बर १८१०५००००२२ मा फोन गर्न सकिने उल्लेख गरेको छ । 


    images
    images

    Logo