काठमाडौं । असार मसान्तसम्म जीवन बीमा कम्पनीले १ खर्ब ४२ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार जेठमसान्तसम्म १५ बीमा कम्पनीहरुले सो रकम बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४२ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा ३१ अर्ब २० करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।
यस अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ३७ अर्ब १६ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । एलआइसी नेपालले १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफले १६ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, हिमालयन लाइफले १४ अर्ब ९४ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने सूर्यज्योति लाइफले ८ अर्ब ८१ करोड २७ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ३० करोड ९८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । यसैगरि, एशियन लाइफले ७ अर्ब १ करोड, ४६ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने सिटिजन लाइफले ५ अर्ब ८९ करोड ४५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी, सानिमा रिलायन्स लाइफले ५ अर्ब ६३ करोड ६० लाख, मेट लाइफले ५ अर्ब २६ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यस्तै, आइएमई लाइफले ४ अर्ब १८ करोड ६३ लाख, रिलायबल नेपाल लाइफले ३ अर्ब ७९ करोड ४९ लाख, सन नेपाल लाइफले ३ अर्ब ७५ करोड ५ लाख, प्रभु लाइफले २ अर्ब ५ करोड १९ लाख र महालक्ष्मी लाइफले १ अर्ब ६० करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।



