काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले १ अर्ब ४५ करोड नाफा कमाएको छ । आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको विवरण अनुसार बैंकले असार मसान्तसम्ममा सो रकम बराबरको नाफा कमाउन सफल भएको हो । यो गत वर्षको तुलनामा ४२.७१ प्रतिशत बढी हो। गत वर्ष यस्तो रकम १ अर्ब २ करोड रुपैयाँ रहेको थियो ।
बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । सो समयमा बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब ७४ करोड रहेको छ भने कुल सञ्चालन नाफा २ अर्ब ८ करोड रहेको छ ।
त्यस्तै सो अवधिमा बैंकको जगेडा कोषमा २ अर्ब २८ करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेप ८९ करोड १६ लाख र कर्जा लगानी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । सो समयमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय १० रुपैयाँ ५७ पैसा रहेको छ।



