काठमाडौं । चालु आर्थिक बर्षको ११ महिनामा बाणिज्य बैंकहरुले ६८ अर्ब २३ करोड १५ लाख रुपैयाँ बढी नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ महिनासम्म को मासिक विवरणअनुसार २१ वटा बाणिज्य बैंकले सो रकम बराबरको नाफा आर्जन गरेका हुन् । यो अवधिमा नाफाका आधारमा नबिल, एनआईसी एसिया, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य र एनएमबी बैंक क्रमशः अगाडि छन् ।
जसमा नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। नबिलले ११ महिनामा ७ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ। ग्लोबल आइएमई बैंकले पनि जेठसम्ममा ६ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ७६ करोड रुपैयाँ नाफा कमाएको छ भने एनआइसी एशिया बैंकले ४ अर्ब ६३ करोड र राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४७ करोड नाफा कमाएको छ।
यस्तै एनएमबि बैंकले ३ अर्ब ३२ करोड नाफा कमाएको छ भने हिमालयन बैंकले ३ अर्ब २९ करोड, प्राइम कमर्शियल बैंकले ३ अर्ब २१ करोड र स्ट्यान्डर्ड चाटर्ड बैंकले ३ अर्ब ११ करोड नाफा कमाएको छ।
नेपाल बैंकले ३ अर्ब ७ करोड नाफा कमाएको छ भने एभरेष्ट बैंकले ३ अर्ब ६ करोड, कुमारी बैंकले २ अर्ब ९५ करोड, प्रभु बैंकले २ अर्ब ८९ करोड, सानिमा बैंकले २ अर्ब २५ करोड, सिद्धार्थ बैंकले २ अर्ब २२ करोड र नेपाल एसविआई बैंकले २ अर्ब ९ करोड नाफा कमाएका छन्।
यी बाहेक ५ बैंकले भने २ अर्बभन्दा कम नाफा कमाएका छन्। कृषि विकास बैंकले सबैभन्दा कम १ अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएको छ भने सनराइज बैंकले १ अर्ब ५९ करोड, सिटिजन्स बैंकले १ अर्ब ६८ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ६८ करोड र लक्ष्मी बैंकले १ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएका छन्।
कुन बैंकले कति कमाए नाफा ?
नबिल बैंक – ७ अर्ब ११ करोड
ग्लोबल आईएमई बैंक – ५ अर्ब ५० करोड
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक – ४ अर्ब ७६ करोड
एनआईसी एशिया बैंक – ४ अर्ब ६३ करोड
राष्ट्रिय वाणिज्य बैंक – ४ अर्ब ४७ करोड
एनएमबि बैंक– ३ अर्ब ३२ करोड
हिमालयन बैंक –३ अर्ब २९ करोड
प्राइम बैंक – ३ अर्ब २१ करोड
स्ट्याण्डर्ड चार्टर्ड बैंक– ३ अर्ब ११ करोड
नेपाल बैंक लिमिटेड – ३ अर्ब ७ करोड
एभरेष्ट बैंक – ३ अर्ब ६ करोड
कुमारी बैंक – २ अर्ब ९५ करोड
प्रभु बैंक– २ अर्ब ८९ करोड
सानिमा बैंक – २ अर्ब २५ करोड
सिद्धार्थ बैंक – २ अर्ब २२ करोड
नेपाल एसविआई बैंक – २ अर्ब ९ करोड
कृषि विकास बैंक– १ अर्ब ५६ करोड
सनराइज बैंक– १ अर्ब ५९ करोड
सिटिजन्स बैंक– १ अर्ब ६८ करोड
माछापुच्छ्रे बैंक– १ अर्ब ६८ करोड
लक्ष्मी बैंक– १ अर्ब ६८ करोड



