काठमाडौं । आरएसडिसी लघुवित्तको नाफा बढेको छ । कम्पनीको चौथो त्रैमासको वित्तीय विवरण अनुसार लघुवित्तको नाफा ५.७१ प्रतिशतले बढेको छ । असार मसान्ततसम्ममा कम्पनीले ११ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तो रकम गत वर्ष १० करोड ५६ लाख रुपैयाँ रहेको थियो ।
गत वर्षको चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ८ करोड ८ लाख रहेको छ। जसअनुसार कम्पनीकाे लाभांश दिने क्षमता ९ दशमलव २९ प्रतिशत रहेको छ ।
चौथो त्रैमाससम्ममा लघुवित्तको कुल सञ्चालन आम्दानी १७.१६ प्रतिशत बढेर ३१ करोड १ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ५.८८ प्रतिशत बढेर १५ करोड ९२ लाख रुपैयाँ रहेको छ।
असार मसान्तसम्ममा लघुवित्तको जगेडा कोष २० करोड ३९ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, लघुवित्तको सापटी ५ अर्ब ८२ करोड रुपैयाँ, निक्षेप ५ अर्ब ८२ र कर्जा ६ अर्ब ७२ करोड रुपैयाँ रहेको छ।
नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। लघुवित्तको प्रतिशेयर आम्दानी २८ पैसाले घटेर १२ रुपैयाँ ३४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय २३ रुपैयाँ ४६ पैसा रहेको छ।



