images
images

प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु 

  • 379
    SHARES
  • २०८० आषाढ २९ गते शुक्रबार

    प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु 

    काठमाडौं ।  प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।  कम्पनीहरुले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड”को नामबाट एकीकृत कारोबारको थालनी गरेको हो ।

    नेपाल बीमा प्रधिकरणका कार्यकारी कार्यकारी निर्देशक राजु रमण पौडेलको प्रमुख आतिथ्यतामा एकीकृत कारोबारको सूरुवात गरिएको हो । नेपाल बीमा प्रधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउने निर्देशन जारी गरेपछि २०७९ आषाढ ३० गते साविक प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच मर्जरको लागि सम्झौता भएको थियो।

    दुबै कम्पनीले जेठ २६ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावलाई पारित गरेको थियो । दुबै कम्पनीको चल अचल सम्पती तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात १ः१ कायम गर्ने गरी मर्ज भएका हुन ।

    मर्जर पश्चात बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजीको लागि एकीकृत कारोबार पछि १० करोड बराबरको प्रिमियम मूल्यमा एफपिओ जारी गर्ने कम्पनीले जनाएको छ ।

    एकिकृत कारोबार प्रयोजनको लागि दुबै कम्पनीको सम्पुण हिसाब तथा तथ्यांकलाई एकल इन्स्योरेन्स सफ्टवेयरमा समायोजन तथा क्लोजिङ्ग प्रयोजनको लागि असार २९ गते शुक्रबार देखि ३१ गतेसम्म कम्पनीको सम्पुणर् बीमा सेवा, कारोबार तथा अन्य सेवा बन्द गरिसकेको छ ।

    images
    images

    Logo