काठमाडौं । नेपाल राष्ट्र बैंक असार २६ गते (आज) २० अर्ब बराबरको १४ दिन अवधिको रिभर्स रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय क्षेत्रमाअधिक तरलता भएपछि राष्ट्र बैंकले रिभर्स रिपो मार्फत २० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको हो।
राष्ट्र बैंकले सोमबार सुचना जारी गर्दै आउँदो साउन ९ गते परिपक्व हुने गरी २० अर्ब बराबरको रिपो बोलकबोल गर्ने भएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् ।
राष्ट्र बैंकले यस अघि असार १९ गते २० अर्बको रिभर्स रिपोको वोलकवोल गरेको थियो।