images
images

एकैदिन १० अर्बले बढ्यो बैंकहरुको निक्षेप, कर्जा लगानी भने घट्यो


  • 479
    SHARES
  • २०८० आषाढ २० गते बुधबार

    एकैदिन १० अर्बले बढ्यो बैंकहरुको निक्षेप, कर्जा लगानी भने घट्यो

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन १० अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार असार १९ गते बैंकहरुको निक्षेप सो रकम बराबर बढ्न पुगेको हो । 

    असार १८ गते ५६ खर्ब २० अर्ब रुपैयाँ रहेको निक्षेप १९ गते १० अर्बले बढेर ५६ खर्ब ३० अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि ९ अर्बले बढेको छ । असार १८ गते ४९ खर्ब ६३ अर्ब रुपैयाँ रहेको निक्षेप १९ गते ९ अर्बले बढेर ४९ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ ।

    त्यस्तै, सोही अवधिमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप भने १ अर्ब रुपैयाँले बढेर  ६ खर्ब ५८ अर्ब रुपैयाँमा पुगेको छ । 

    बैंकहरुको नक्षेप १० अर्बले बढ्दा कर्जा लगानी भने २ अर्बले घटेको छ । असार १८ गते ४८ खर्ब ६४ अर्ब रुपैयाँ रहेको कर्जा लगानी १९ गते २ अर्बले घटेर ४८ खर्ब ६४ अर्ब रुपैयाँमा झरेको छ । सो समयमा वाणिज्य बैंकको कर्जा लगानी २ अर्बले घटेर  ४३ खर्ब ३ अर्ब रुपैयाँ कायम भएको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको  ५ खर्ब ५९ अर्ब रुपैयाँमा स्थिर रहेको छ । 

    सो समयमा बैंकको सीडी रेसियो ८३.२५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।


    images
    images

    Logo