images
images

बीमाको पहुँच ४४% जनसंख्यामा, ८०% ले बढ्यो वैदेशिक रोजगार बीमालेखको संख्या


  • 383
    SHARES
  • २०८० आषाढ १९ गते मंगलबार

    बीमाको पहुँच ४४% जनसंख्यामा, ८०% ले बढ्यो वैदेशिक रोजगार बीमालेखको संख्या

    काठमाडौं । बीमाको पहुँच ४४.२० प्रतिशत जनसंख्यामा पुगेको छ । नेपाल बीमा प्रधिकरणको तथ्यांक अनुसार जेठ मसान्तसम्ममा कुल जनसंख्याको ४४.२० प्रतिशतले जीवन बीमा गराएका हुन् । यो संख्या म्यादी लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहित हो ।

    गत वर्षको सोही अवधिमा बीमाको दायरामा आएको जनसंख्या ३९.९५ प्रतिशत रहेको थियो । 

    म्यादी लघुम्यादी र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक ५२ लाख ५२ हजार जनाले जीबन बीमा गरेका छन् । म्यादी जीवन बीमालेखसहित भने कुल बीमितको संख्या १ करोड १८ लाख जनामा बीमाको पहुँच पुगेको छ ।

    म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखलाई हटाउँदा भने अहिलेसम्म जनसंख्याको १७ं२७ प्रतिशतले मात्रै जीवनबीमा पोलिसी किनेको बीमा प्राधिकरणले जनाएको छ ।

    जेठ मसान्तसम्ममा बीमा कम्पनीले कुल १ खर्ब २४ अर्ब ५४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको तुलनामा ४.२४ प्रतिशतले बढी हो । एक वर्षमा जीवन बीमालेख संख्या भने ११.३८ प्रतिशतले बढेको छ ।

    गत वर्षको सोही अवधिमा जीबन बीमा कम्पनीहरुले जारी गरेको जीवन बीमालेख संख्या १ करोड २६लाख थियो । अहिले यस्तो संख्या ११.३८ प्रतिशतले बढेर १ करोड ४० लाखमा पुगेको छ । 

    यस्तै, सो अवधिमा वैदेशिक रोजगार बीमालेखको संख्या भने ८०.६८ प्रतिशतले बढेको छ । गतवर्ष ८ लाख ७६ हजार रहेको बीमालेखको संख्या यो वर्ष ८०.६८ प्रतिशतल बढेर १५ लाख ८३ हजार पुगेको प्राधिकरणले जनाएको छ ।

    त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले जारी गरेको बीमालेख संख्या ८.०६ प्रतिशतले बढेको छ । जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २५ लाख ३७ हजार वटा पोलिसी जारी गरेका छन् ।


    images
    images

    Logo