काठमाडौं । निर्जीवन बीमा कम्पनीले जेठसम्ममा ३६ अर्ब १९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले २५ लाख ३७ हजार ४ सय १६ बीमा पोलिसी विक्री गरी ३६ अर्ब १९ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हुन् । कम्पनीहरुले जेठमहिनामा मात्रै ३ अर्ब ५० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
जेठ महिनासम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले सो अवधिसम्ममा ४ अर्ब ७६ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले सो अवधिमा कुल ४ अर्ब ८ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ४ अर्ब १ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ६ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब १ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्सले २ अर्ब ६६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब १४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने सानिमा जिआइसीले २ अर्ब ४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल इन्स्योरेन्सले १ अर्ब ४१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने प्रभु इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब २४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । भने नेशनल इन्स्योरेन्सले ९० करोड ७५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।



