images
images

बैंकका कर्मचारीमाथि आक्रमण गर्नेलाई कारवाहीको दायरामा ल्याउने सिबिफिनको चेतावनी


  • 328
    SHARES
  • २०८० आषाढ १७ गते आइतबार

    बैंकका कर्मचारीमाथि आक्रमण गर्नेलाई कारवाहीको दायरामा ल्याउने सिबिफिनको चेतावनी

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको छ । आइतबार प्रेस विज्ञप्ती जारी गर्दै परिसंघले सरोकारवालाहरुको हकहित संरक्षणको लागि उक्त कदम चाल्न आवश्यक रहेको बताएको हो । 

    बैंक तथा वित्तीय संस्थाको विश्वसनियता वा हानि नोक्सानी पु¥याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सृजना गर्ने, बैंक वित्तीय संस्थाहरुबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन र बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई भौतिक आक्रमण गर्ने, मानमर्दन गर्ने जस्ता कार्यहरु नगर्न सिबिफिनले अनुरोध गरेको छ । 

    कर्मचारीलाई आफ्नो काम गर्न नदिई असुरक्षित र असमर्थ बनाउने लगायतका क्रियाकलाप गर्ने व्यक्ति र संस्थाहरुलाई मुद्दा लगाई कानुनी दायरामा ल्याउने चेतावनीसमेत परिसंघले दिएको छ । 


    images
    images

    Logo