images
images

जेठ मसान्तसम्म जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब २४ अर्ब बीमा शुल्क


  • 349
    SHARES
  • २०८० आषाढ १२ गते मंगलबार

    जेठ मसान्तसम्म जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब २४ अर्ब बीमा शुल्क

    काठमाडौं । जेठ मसान्तसम्म जीवन बीमा कम्पनीले १ खर्ब २४ अर्ब बीमा शुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार जेठमसान्तसम्म १५ बीमा कम्पनीहरुले सो रकम बराबरको बीमाशुल्क संकलन गरेका हुन् । प्राधिकरणका अनुसार हाल सञ्चालनमा रहेका १५ जीवन बीमा कम्पनीहरुले जेठ महिनामा मात्रै १० अर्ब ४३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

    १५ कम्पनीले संकलन गरेको कुल बिमाशुल्क मध्ये सबैभन्दा धेरै नेपाल लाइफले ३२ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको नविकरण बीमा शुल्क आर्जन २७ अर्ब २२ करोड रहेको छ भने प्रथम जम्मा ५ अर्ब १३ करोड मात्रै रहेको छ भने सोही अवधिमा एलआइसी नेपालले १५ अर्ब ४८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा नविकरण तर्फ १३ अर्ब ४७ करोड रहेको छ भने प्रथम जम्मा २० करोड १० लाख मात्रै छ ।

    तेस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा नेशनल लाइफ रहेको छ । नेशनलले कुल १४ अर्ब ७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा नविकरण १० अर्ब ८४ करोड र प्रथम बीमा शुल्क ३२ करोड २४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, हिमालयन लाइफको कुल बीमा शुल्क आर्जन १३ अर्ब १२ करोड रुपैया छ । कम्पनीले ११ अर्ब १६ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्दा प्रथम भने १९ अर्ब ६१ करोड रहेको छ ।

    राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ८६ करोड आर्जन गरेको छ । त्यस्तै,सूर्यज्योति लाइफले ७ अर्ब ४९ करोड बीमा शुल्क आर्जन गरेको छ भने एशियन लाइफ ६ अर्ब ११ करोड बीमा शुल्क आर्जन गरेको छ ।

    त्यस्तै, सानिमा रिलायन्स लाइफ ४ अर्ब ८६ करोड, सिटिजन लाइफ ४ अर्ब ८३ करोड, मेट लाइफ ४ अर्ब ७७ करोड, आइएमई लाइफ ३ अर्ब ५६ करोड, सन नेपाल लाइफ ३ अर्ब ४२ करोड, रिलायबल नेपाल ३ अर्ब २८ करोड, प्रभु लाइफ १ अर्ब ८४ करोड, महालक्ष्मी लाइफले १ अर्ब ४२ करोड रुपैया बीमा शुल्क आर्जन गरेका छन् ।


    images
    images

    Logo