काठमाडौं । नेपाल घितोपत्र बोर्डले आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्नका लागि पूर्व स्वीकृती दिएको छ । वित्तीय संस्थाले चैत ३० गते धितोपत्र बोर्डमा पूर्व स्वीकृतिका लागि निवेदन दिएको थियो ।
धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ बमोजिम बोर्डले पूर्व स्वीकृति प्रदान गरेको हो ।दुबैले गएको चैत २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । दुबै संस्था विच बराबरी शेयर अनुपातमा गाभ्न सहमति भएको थियो ।
