images
images

२४ अर्ब ११ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक 


  • 381
    SHARES
  • २०८० आषाढ १० गते आइतबार

    २४ अर्ब ११ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २४ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले २८ दिनको लागि ४ अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ । त्यस्तै, ९१ दिनको लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ जसमा ३ अर्ब ६१ करोडको नयाँ जारी गर्ने भएको छ भने १८२ दिनको लागि ५ अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ । 

    त्यस्तै, त्यस्तै, ३६४ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । उक्त ट्रेजरी विल २८ दिनको साउन ९ गते परिपक्क हुनेछ भने ९१ दिनको असोज ९ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको पुस १० गते परिपक्क हुनेछ भने ३६४ दिनको २०८१ असार १२ गते परिपक्क हुनेछ । 

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।  

     


    images
    images

    Logo