काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड ३० लाख रुपैयाँ नाफा गरेका छन् । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाख महिनाको मासिक विवरणअनुसार २१ वटा बैंकले १० महिनामा सो रकम बराबरको नाफा आर्जन गरेका हुन् ।
गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ५८ अर्ब ३३ करोड ८० लाख रुपैयाँ बराबर नाफा गरेका थिए । जुन यस आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकहरुले गरेको नाफाभन्दा २.०१ प्रतिशतले बढी हो ।
त्यस्तै, नबिल बैंकले वैशाख सम्ममा सबैभन्दा धेरै नाफा कमाएको छ । सो बैंकले ६ अर्ब १२ करोड रुपैयाँ बराबरको नाफा गरेको हो । त्यस्तै, दोस्रो धेरै नाफा आर्जन गर्नेमा ग्लोबल आइएममई बैंक रहेको छ । सो बैंकले ५ अर्ब ३४ करोड रुपैयाँ आर्जन गरेको हो । ती बाहेक अन्य तीन वटा बैंकको नाफा ३ अर्बभन्दा बढी रहेको छ । ७ वटा बैंकको नाफा २ देखि ३ अर्बसम्म छ र बाँकीको नाफा १ देखि २ अर्बसम्म रहेको छ ।
कुन बैंकले कति कमाए नाफा ?
नबिल बैंक – ६ अर्ब १२ करोड
ग्लोबल आईएमई बैंक – ५ अर्ब ३४ करोड
नेपाल बैंक लिमिटेड – २ अर्ब ४६ करोड
राष्ट्रिय वाणिज्य बैंक – ४ अर्ब ५ करोड
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक – ३ अर्ब ८९ करोड
स्ट्याण्डर्ड चार्टर्ड बैंक – २ अर्ब ७८ करोड
हिमालयन बैंक – २ अर्ब ६४ करोड
नेपाल एसबीआई बैंक – २ अर्ब ६५ लाख
एभरेष्ट बैंक – २ अर्ब ७५ करोड
एनआईसी एशिया बैंक – ४ अर्ब ३९ करोड
माछापुच्छ«े बैंक – १ अर्ब ५६ करोड
कुमारी बैंक – १ अर्ब ८२ करोड
लक्ष्मी बैंक – १ अर्ब ४६ करोड
सिद्धार्थ बैंक – १ अर्ब ७९ करोड
कृषि विकाश बैंक – १ अर्ब २२ करोड
ग्लोबल बैंक – ५ अर्ब ३४ करोड
सिटिजन बैंक – १ अर्ब ४३ करोड
प्राइम बैंक – २ अर्ब ७९ करोड
सनराइज बैंक – १ अर्ब ३७ करोड
एनएमबी बैंक – २ अर्ब ९६ करोड
सानिमा बैंक – १ अर्ब ९६ करोड
प्रभु बैंकको नाफा भने विवरणमा सार्वजनिक गरिएको छैन ।



