images
images

३० अर्ब ८६ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ७ अर्बको नयाँ


  • 402
    SHARES
  • २०८० आषाढ ३ गते आइतबार

    ३० अर्ब ८६ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ७ अर्बको नयाँ

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले ३० अर्ब ८६ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले २८ दिनको लागि १० अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ । त्यस्तै, ९१ दिनको लागि ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ जसमा ४ अर्बको नयाँ जारी गर्ने भएको छ  भने १८२ दिनको लागि ६ अर्ब ३३ करोडको ट्रेजरी विल जारी गर्ने भएको छ भने जसमा ३ अर्बको नयाँ जारी गर्ने भएको हो । 

    त्यस्तै, त्यस्तै, ३६४ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । उक्त ट्रेजरी विल २८ दिनको साउन २ गते परिपक्क हुनेछ भने ९१ दिनको असोज २ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको पुस ३ गते परिपक्क हुनेछ भने ३६४ दिनको २०८१ असार ५ गते परिपक्क हुनेछ । 

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।  

     

     


    images
    images

    Logo