images
images

४ कम्पनीको साधारणसभा आज हुँदै, के–के छन् एजेण्डा ?


  • 425
    SHARES
  • २०८० जेठ ३२ गते बिहीबार

    ४ कम्पनीको साधारणसभा आज हुँदै, के–के छन् एजेण्डा ?

    काठमाडौं ।  ४ कम्पनीको साधारणसभा आज हुँदैछ । विहीबार मानुषी लघुवित्त, एशियन हाइड्रोपावर, सानिमा जिआईसी इन्स्योरेन्स र शिवम होल्डिङग्स लिमिटेडले साधारणसभा गर्न लागेका हुन् । 

    सभा घोषणा गरेका कम्पनीमा शिवम होल्डिङग्स लिमिटेडले विशेष साधारणसभा गर्न लागेको हो भने बाँकी ३ कम्पनीले वार्षिक साधारणसभा गर्न लागेको हुन् । मानुषी लघुवित्तले दिव्यश्वरी पार्टी प्यालेस एण्ड क्याटरिङ्ग सर्भिस प्रालि लोकन्थलीमा बिहान १०ः३० बजे बस्नेगरी सभा बोलाएको छ । 

    सो सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिका नयाँ सदस्यको नियुक्ति तथा अनुमोदन गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ। सो सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते बुक क्लोज गरिसेकको छ । 

    त्यस्तै, एशियन हाइड्रोपावरले द ईन्ट्रान्स क्याफे, ललितपुरमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले  रजिष्टर्ड कार्यालयबो ठेगाना परिवर्तन गरी नयाँ ठेगाना कायम गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र अन्य संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ। सो सभा प्रयोजनका लागि कम्पनीले जेठ १९ गते बुक क्लोज गरिसेकको छ । 

    सानिमा जिआईसी इन्स्योरेन्सले अमृतभोग कालिकास्थान काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले कम्पनीको नियामावली संशोधन गर्नेछ । 

    साथै, संस्थापकर तथा साधारण शेयरधनीहरूबाट सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको स्थापना गर्ने, २०७९÷८० का लागि लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ । सो प्रयोजनका लागि कम्पनीले जेठ १२ गते बुक क्लोज गरिसेकको छ । 

    त्यस्तै,  शिवम होल्डिङग्स लिमिटेडले कम्पनीको कार्यालय, अनामनगर, काठमाडौंमा विहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सभाले कम्पनीको स्वीकृत प्रबन्धपत्रको दफा ६को (ख), (ग) (घ) र (ङ) संशोधन गर्ने सम्वन्धी विषयमा छलफल गरी लगाएतका एजेण्डा रहेको छ ।


    images
    images

    Logo