images
images

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, विक्री प्रवन्धकमा कुमारी क्यापिटल नियुक्त 


  • 350
    SHARES
  • २०८० जेठ ३१ गते बुधबार

    नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, विक्री प्रवन्धकमा कुमारी क्यापिटल नियुक्त 

    काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ’नबिल डिबेन्चर २०८७’ निष्कासन गर्ने भएको छ । ऋणपत्र निष्कासनको लागि बैंक सञ्चालक समितिबाट निर्णय भइसकेको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको बैंकले जनाएको छ । त्यस्तै बैंकले ऋण पत्र निष्कासनको लागि बिक्री प्रबन्धक समेत नियुक्त गरेको छ ।

    बैंकले ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन् । समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतहरूद्वय विनयकुमार रेग्मी र मनोज ज्ञवाली र दुवै संस्थाका वित्त प्रमुखहरूको उपस्थिति रहेको थियो ।

    Image (7).jpg

    नेपाल धितो पत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋण पत्र निष्कासन गरिने बैंकले जनाएको छ । पुँजीगत आधार थप सबल भई व्यापार वृद्धि तथा जोखिम व्यवस्थापनमा ऋणपत्र निष्कासनले सहयोग पुर्याउने विश्वास गरिएको छ ।

    नबिल बैंकले हाल देशका सात वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरू मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।


    images
    images

    Logo