images
images

२ लघुवित्तले पाए डिमर्जका लागि राष्ट्र बैंकको अनुमति


  • 6.1K
    SHARES
  • २०८० जेठ ३० गते मंगलबार

    २ लघुवित्तले पाए डिमर्जका लागि राष्ट्र बैंकको अनुमति

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वटा लघुवित्तलाई डिमर्जको लागि अनुमति दिएको छ । राष्ट्र बैंकले स्वस्तिक लघुवित्त र समाज लघुवित्तलाई डिमर्जको लागि स्वीकृति दिएको हो । 

    यी दुबै लघुवित्त लामो समयदेखि मर्जर सम्झौता अलपत्र परेको थियो । लामो समयसम्म पनि मर्जर सफल हुन नसकेपछि समाज लघुवित्तले राष्ट्र बैंकमा डिमर्जका लागि स्वीकृति माग गरेको थियो । राष्ट्र बैंकले उक्त लघुवित्तलाई विभिन्न सर्तसहित डिमर्जका लागि अनुमति दिएको छ । 

    राष्ट्र बैंकका अनुसार डिमर्ज पश्चात यी दुबै संस्थाले  ६ महिना भित्र अर्को मर्जरको लागि सम्झौता गर्नु पर्ने छ । त्यस्तै अर्को मर्जर प्रक्रिया सम्पन्न नहुँदासम्म दुबै कम्पनीले लाभांश बितरण गर्न नपाउने लगायतका सर्त राष्ट्र बै‌कले राखेकाे छ । 

    २०७७ साल असोज ५ गते दुवै संस्थाले मर्जरका लागि सम्झौता गरेका थिए । उक्त सम्झौता अनुसार स्वाप रेसियो १ बराबर १ मा मर्जर हुने भएको थियो । 


    images
    images

    Logo