काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु ग्राहकलाई प्रदान गर्ने आधारभूत वित्तीय सेवाहरुमा कुनै पनि किसिमको शुल्क लिन नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै सो व्यसस्था गरेको हो ।
ग्राहकहरुले बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा (गुड फर पेमेन्ट चेकसमेत), चेकको स्टप पेमेन्ट गर्दा र ब्यालेन्स सर्टिफिकेसन गर्दा कुनै पनि किसिमको शुल्क लिन नपाउने राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, निष्क्रिय खाता सक्रिय गराउँदा, मोबाइल।इन्टरनेट बैंकिङको युजरनेम।पासवर्ड हराएमा, २ लाख रुपैयाँभन्दा कम रकमको चेक क्लियरिङ गर्दा र एबीबीएसलगायतका सेवा प्रदान गर्दा लयायतका कार्यमा पनि बैंक तथा वित्तीय संस्थाहरुले शुल्क लिन नपाउने राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ ।
विद्युतीय भुक्तानी तथा एटीएमबाट हुने कारोबार र कर्जासम्बन्धी शुल्कहरुमा भने राष्ट्र बैंकबाट सीमा निर्धारण गरिएको छ।




