काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले प्रभु लाईफ इन्स्योरेन्ससँगको मर्जरको प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको कम्पनीको पाचौँ वार्षिक साधारणसभाले १ः१ को स्वाप रेसियोमा मर्जरमा जाने प्रताव पारित गरेको हो ।
मर्जरपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहने जनाइएको छ ।
सभाले अध्यक्ष द्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पास गरेकोे छ ।