काठमाडौं । नविल सेक्युरिटिज र एनबिबिएल सेक्युरिटिजले असार १ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । नविल सेक्युरिटिजले एनबिबिएल सेक्युरिटिजलाई प्राप्ति गरेपछि असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
नविल सेक्युरिटिजले एनबिबिएल सेक्युरिटिजलाई प्राप्ति गरेपछि नविल सेक्युरिटिज लिमिटेडको नाममा एकीकृत कारोबार हुने भएको छ ।
दुवै सेक्युरिटिजको जेठ १२ गते सम्पन्न विशेष साधारण सभाले प्राप्तिसम्बन्धी प्रस्तावलाई पारित गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट जेठ २२ गते प्राप्ति गर्न स्वीकृति प्रदान गरेको थियो ।