काठमाडौं । बैशाख महिनासम्ममा ७ प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले कुल ३२ अर्ब ६८ करोड ९५ लाख रुपैयाँ बीमाशुलक बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका कम्पनीहरुले विभिन्न प्रदेशबाट सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जि तथा ठे.जो, विविध, कृषि तथा बाली, लघु निर्जीवन व्यवसायबाट सो रकम संकलन गरेको हो ।
कुन प्रदेशबाट कति ?
प्रदेश १
बीमा कम्पनीहरुले प्रदेश १ बाट सम्पतिमा १ अर्ब ३७ लाख, सामुन्द्रिक बीमाबाट २० करोड ३९ लाख, मोटरमा १ अर्ब ४ करोड ६३ लाख रुपैयाँ, इन्जि तथा ठे.जाे मा २५ करोड ७० लाख, विविधमा १० करोड, कृषि तथा बालीमा २५ करोड ५९ लाख र लघुबाट १ करोड ७ लाख रुपैयाँ लगायर कुल २ अर्व ८७ करोड ७८ लाख रुपैयाँ संकलन गरेको छ ।
मधेश २
बीमा कम्पनीहरुले मधेश प्रदेशबाट सम्पतिमा ६७ करोड ४६ लाख, सामुन्द्रिक बीमाबाट १३ करोड ७६ लाख, मोटरमा ८३ करोड ८७ लाख रुपैयाँ, इन्जि तथा ठे.जाे मा १३ करोड ४५ लाख, विविधमा ६ करोड १० लाख, कृषि तथा बालीमा १६ करोड ६० लाख र लघुबाट ९ लाख रुपैयाँ लगायर कुल २ अर्व ३ करोड ३७ लाख रुपैयाँ संकलन गरेको छ ।
बाग्मती प्रदेश
बीमा कम्पनीहरुले बाग्मती प्रदेशबाट सम्पतिमा ४ अर्ब १५ करोड २ लाख, सामुन्द्रिक बीमाबाट १ अर्ब २१ करोड ५९ लाख, हवाईबाट १ अर्ब ६० करोड ३० लाख, मोटरमा ६ अर्ब १५ करोड ८ लाख रुपैयाँ, इन्जि तथा ठे.जाे मा ४ अर्ब ७४ करोड ४० लाख, विविधमा ३ अर्ब ४ करोड ३६ लाख, कृषि तथा बालीमा ७३ करोड ७० लाख र लघुबाट १ करोड ९० लाख रुपैयाँ लगायर कुल २१ अर्व ६६ करोड २६ लाख रुपैयाँ संकलन गरेको छ ।
गण्डकी प्रदेश
बीमा कम्पनीहरुले गण्डकी प्रदेशबाट सम्पतिमा ३४ करोड ५६ लाख, सामुन्द्रिक बीमाबाट १ करोड ३६ लाख, हवाईबाट १८ लाख, मोटरमा ९४ करोड ५४ लाख रुपैयाँ, इन्जि तथा ठे.जाे मा १३ करोड २९ लाख, विविधमा १० करोड ९६ लाख, कृषि तथा बालीमा २६ करोड ११ लाख र लघुबाट १ करोड ६३ लाख रुपैयाँ लगायर कुल १ अर्व ८२ करोड ७६ लाख रुपैयाँ संकलन गरेको छ ।
लुम्बिनी प्रदेश
बीमा कम्पनीहरुले लुम्बिनी प्रदेशबाट सम्पतिमा ७७ करोड ८७ लाख, सामुन्द्रिक बीमाबाट ९ करोड ४६ लाख, मोटरमा १ अर्ब ४० करोड रुपैयाँ, इन्जि तथा ठे.जाे मा २५ करोड ८ लाख, विविधमा १४ करोड १३ लाख, कृषि तथा बालीमा ३० करोड १ लाख र लघुबाट ८१ लाख रुपैयाँ लगायर कुल २ अर्व ९७ करोड ७० लाख रुपैयाँ संकलन गरेको छ ।
कर्णाली प्रदेश
बीमा कम्पनीहरुले कर्णाली प्रदेशबाट सम्पतिमा ७ करोड ४२ लाख, सामुन्द्रिक बीमाबाट ८ लाख, मोटरमा १३ करोड ७६ लाख रुपैयाँ, इन्जि तथा ठे.जाे मा ३ करोड ५५ लाख, विविधमा १ करोड ६९ लाख, कृषि तथा बालीमा २० करोड २८ लाख र लघुबाट १७ लाख रुपैयाँ लगायर कुल ४६ करोड ९९ लाख रुपैयाँ संकलन गरेको छ ।
सुदुरपश्चिम प्रदेश
बीमा कम्पनीहरुले सुदुरपश्चिम प्रदेशबाट सम्पतिमा २० करोड १५ लाख, सामुन्द्रिक बीमाबाट ६७ लाख, मोटरमा ४१ करोड ७१ लाख रुपैयाँ, इन्जि तथा ठे.जाे मा १२ करोड २२ लाख, विविधमा २ करोड ६७ लाख, कृषि तथा बालीमा ६ करोड २४ लाख र लघुबाट ३७ लाख रुपैयाँ लगायर कुल ८४ करोड ७ लाख रुपैयाँ संकलन गरेको छ ।




