काठमाडौं । प्रभु बैंकले सवारी साधानमा लगानी गर्न ५० लाख डलर ऋण ल्याएको छ । बैंकले लक्जेम्बर्गको एमएसएमई इन्टरप्राइजेज बन्ड एस.ए बाट उक्त रकम ऋण लिएको हो ।
विश्व वातावरण दिवसका दिन हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न ४ वर्ष लागि सो रकम लिएको बैकले जनाएका छ । उक्त रकम विद्युतीय सवारी साधन आयात र सो को फाइनान्सका लागि खर्चहुने पनि बैंकले उल्लेख गरेको छ ।
साथै, बैंकले वैकल्पिक उर्जा तथा एमएसएमई व्यवसाय प्रवर्द्धनका लागि अन्य अन्तराष्ट्रिय संस्थाहरुसँग पनि सहकार्यका लागि पहल गरिरहेको र निकट भविष्यमै उक्त पहलले सार्थकता पाउने विश्वास पनि गरेको छ ।