images
images

लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो


  • 322
    SHARES
  • २०८० जेठ १९ गते शुक्रबार

    लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो

    काठमाडौं । लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने समय थप गरिएको छ । अब उक्त ऋणपत्रमा जेठ ३० गतेसम्म आवेदन दिन सकिनेछ। बैंकले ११ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिका लागि ऋणपत्र निष्काशन गरेको छ । 

    बैंकले कुल १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ। सोमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने बैंकले जनाएको छ। 

    सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइ बाँकी रहेको ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारण छुट्याइएको छ । 

    सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

    बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई निण्ुक्त गरेको  छ।


    images
    images

    Logo