काठमाडौं । आइजीआई प्रुडेन्सियल इस्योरेन्सको शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार ३ करोड २ लाख ९३ हजार ३ सय ४७ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।
साविकको आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच एक आपसमा मर्जर पश्चात १ः१ को अनुपातमा कायम हुन आएको सो शेयर विहीबार नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सेले ३ सय ७० रुपैयाँ ८२ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । सोहि आधारमा आइतबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।