काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९४ अंकले बढ्दा १ हजार ८ सय ६६ दशमलव ३४ विन्दुमा पुगेको छ । साताको अन्तिम दिन विहीबार कारोबारमा आएको २ सय ७२ स्क्रिपको १ अर्ब ६५ करोड रुपैयाँ बराबरको ६१ लाख २८ हजार कित्ता शेयर किनबेच भएको छ ।
यस साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटेर बन्द भएको नेप्से परिसूचक, अन्तिम कारोबार दिन भने बढेर बन्द भएको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्ला दुई कारोबार दिनमा २ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा १ अर्ब ६५ करोडमा सिमित भएको छ ।
बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। विहीबार १ सय ७१ कम्पनीको शेयर मूल्य बढेको छ । ३७ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्यमा स्थिर छ ।
आज सबैभन्दा धेरै प्रभु बैंकको २३ करोड २१ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ११ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज जोशी हाइड्रोपावर ६.९४ प्रतिशतले बढेको छ भने विपिडव्लु लघुवित्त ६.०८ प्रतिशतले बढेको छ । त्यसतै, एशियन हाइड्रोपावर ५.०७ प्रतिशत, पाँचथर पावर कम्पनी ५.०६ प्रतिशत र नेरुडे लघुवित्त ४.८९ प्रतिशतले बढेका छन् ।



